४ वैशाख २०८१ मंगलबार
समाज

जेल बसेर छुटेका श्यामबहादुर फेरि हतियारसहित पक्राउ

हतियारसहित पक्राउ परेका श्यामबहादुर रेश्मी। तस्बिर: संगम/नागरिक

जिल्लाको बडिगाड गाउँपालिका—५ का श्यामबहादुर रेश्मी हतियार सहित पक्राउ परेका छन्। ३५ वर्षीय श्यामबहादुर अवैध अर्धस्वचालित पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित घरबाटै पक्राउ परेका हुन्। 

उनले घरमा हात हतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरीले घरमा खानतलासी गर्दा अमेरिकामा बनेको एन १११७ लेखिएको पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन र चार राउण्ड गोली फेला पारेपछि रेश्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इकबाल हवारीले बताए।  

घरमा अवैध हतियार भेटिएपछि रेश्मीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ। रेश्मी यसअगाडि पनि हात हतियार तथा खरखजना मुद्दामा एक वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। 

२०७४ साल वैशाख १४ गते दिउँसो साढे चार बजे ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा रहेको न्यू बुटवल थकाली भान्सा घर होटल भित्र गोली प्रहरी गरी भागेपछि खप्तरीबाङबाट पक्राउ परेका थिए। त्यसबेला उनको साथबाट जर्मनीमा बनेको ७७७७ लेखिएको पेस्तोल ११ राउण्ड गोली र दुई थान म्याग्जीनका साथै पड्किएको गोली बरामद गरिएको थियो।

त्यतिबेला जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारीको आदेशमा २०७४ जेठ ८ गते रेश्मी एक वर्षका लागि कारागार चलान भएका थिए। एक वर्षको कैदा भुक्तान गरी २०७५ मा छुटेका उनी केही समय भारततिरै बसेका थिए। पटक पटक हतियारसहित पक्राउ परेकाले शंका उब्जाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारी बताए। ‘दुई दुई पटक एउटै मुद्दामा पक्राउ परिसकेपछि यो विषय अलि बढि पेचिलो देखिएको छ,’ उनले भने,‘यसमा अरु कोही पनि संलग्न छन् कि भन्ने विषयमा गम्भीर अनुसन्धान गर्छौं।’

हतियारको विषयमा सोध्दा रेश्मीले द्वन्द्वको समयमा म्याग्दीमा भेट्टाएको जवाफ दिने गरेका छन्। गाउँघरमा दैनिक ज्याला मजदुरी गर्ने उनको घरमा हतियार भएको सुराकीको आधारमा प्रहरीले छापा मार्दा उनी पक्राउ परेका हुन्। 

प्रकाशित: १७ चैत्र २०७८ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App