३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

आगलागी हुँदा ८ घर नष्ट, अपांगता महिलाको निधन

अघिल्लो साँझ ‌आगलागी हुँदा एक अपाङ्गता महिलाको निधन भएको छ। आइतबार साझ विद्युत सर्ट भएर आगलागी हुँदा घरधनी उदयपुरगढि गाउँपालिका १ शिखरपुरका गौरबहादुर मगरकी श्रीमती ६६ वर्षीया शिवमाया मगरको ज्यान गएको हो।

शारीरिक अपाङ्जगता महिला आगो लागेको बेला भाग्न नसकेर जलेर मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ। आगोले ७० वर्षीय गौरबहादुर मगरको ढुङ्गा माटो र फुसको छानो भएको दुई तले घर जली नष्ट भएको छ। उनको घरभित्र रहेको सम्पूर्ण भाडाकुडा, लुगाफाटा, अन्नपात जलेर नष्ट भएको छ।

त्यसैगरी मगरको बाख्रा पाठा ८ वटासमेत जलेर मरेको प्रहरी भनाइ छ। आगलागीबाट मगरको ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। घटनामा परी मगरका छिमेकी ५१ वर्षीय शेरबहादुर मगरको ढुङ्गा माटो र फुसको छानोवाल १ तले घर र घर नजिकै जोडिएको मतान जल्दा अन्नपात भाँडावर्तन, लत्ता कपडा, बाख्रा पाठा २० वटा जलेर मृत्यु भएको छ।

उनको झण्डै १० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने अर्का छिमेकी सोही स्थान बस्ने भैरव मगरको घर जल्दा त्त्यसभित्र रहेका लत्ता कपडा, भाँडावर्तन नगद, सुनचाँदी एउटा खसी जली मृत्यु भएको २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगोले सोही ठाउँका यम्बरबहादुर मगरको  २ तले टिनको छाना भएको पक्कि घर र घरमा रहेको किराना पसल जलेर सामान, नगद र सुनचाँदी गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी भनाइ छ।

त्यस्तै सोही ठाउँकी ७६ वर्षीया मनमाया मगरको घर पनि आगोले स्वाहा पारेको छ। उनको घर, लत्ता कपडा, भाँडाकुडा, अन्नपात र ६ वटा बाख्रा खसि जल्दा लगभग २ लाख बराबरको क्षति भएको छ। त्यसैगरी अर्का ६० वर्षीय पदमबहादुर मरगरको घर र घरभित्रको अन्नपात भाँडावर्तन, लत्ताकपडा बाख्रा पाठा, ३ वटा, एउटा सुँगुर, २ तोला सुन, चाँदी ५ तोला जलेर २० लाख रुपैयाँ बराबर क्षति भएको छ।

सोही स्थानका ४५ वर्षीय दिपबहादुर मगरको १ तले घर जल्दा २ तोला सुन, १० तोला चाँदी, बाख्रा पाठा ७ वटा, नगद ५० हजार गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने अर्की ८० वर्षीया बृद्धा धनमाया मगरको  १ तले घर र घरमा रहेको लत्ताकपडा, भाँडावर्तन,  सुँगुर २ वटा, खसी ६ वटा, सुन २ तोला, चाँदी ११ तोला गरी १० लाख क्षति भएको छ।

दिउसो ४ः३० बजे लागेको आगो प्रहरी चौकी उदयपुरगढीबाट खटी गएको टोलीले स्थानियबासीको सहयोगमा साढे ८ बजे नियन्त्रणमा लिएको जनाइएको छ। यसरी एकै गाउँमा भएको आगलागीमा परी ८ घर, १ मतदान, ५१ वटा खसी बाख्रा, ४ वटा सुँगुर जलेर १ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७८ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App