४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालगञ्ज विमानस्थल नजिकै एक युवकको शव फेला

नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ। नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको उनको भनाइ थियो।

प्रकाशित: १० चैत्र २०७८ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App