६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू–भागमा सामान्यतया सफा रहने भएको छ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन, चट्याङको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव छ डग्री र अधिकतम तापक्रम २९  दशमलव तीन डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। रासस

प्रकाशित: ८ चैत्र २०७८ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App