२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

विरामीको मृत्यु भएपछि एपेक्स हस्पिटल तोडफोड

विरामीको मृत्यु भएपछि मृतकका आफन्त र गाउँलेहरूले इटहरीको एपेक्स हस्पिटल तोडफोड गरेका छन्।

हिजो साँझ ६ बजे इटहरी वडा–२ का नविन शाहको चार बर्से छोरा सन्दीप शाहलाई  फुडफूड प्वाइजनका भएकाले उपचारका  लागि उक्त हस्पिटलमा भर्ना गरिएको थियो। डाक्टरहरूले विरामी बच्चालाई सुई लगाएर उपचार गरेपछि विरामीको अवस्था जटिल भएकाले  बिहान दुई उनलाई विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो। धरान लगेपछि अस्पतालले उक्त बिरामीलाई मृत घोषणा गरिदिएपछि मृतक बालकका आफन्त र गाउँहरू आएर हस्पिटल तोडफोड गर्नुका साथै प्रर्दशन समेत गरेका थिए।

प्रर्दशनका कारण केहीबेर यातायात अवरुद्ध भएको थियो। तर, प्रहरीले बल प्रयोग गरेर यातायात चलाएपछि आफन्तहरू धर्ना बसेका छन्। प्रहरी प्रशाासनले बार्ता गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन। प्रहरी प्रशासनले मृतकको पोस्टमार्टम गरेर कानूनी प्रक्रियामा जान आग्रह गरेपछि मृतकका परिवार र आफन्तले अडान राखेका छन्। हस्पिटलअघि प्रर्दशन गरिरहेका छन्।

प्रकाशित: ३ चैत्र २०७८ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App