२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्राउन सुगर सहित राई पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले १३ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ गरेका छन्।

उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ आम्बासीस्थित रामपुर–फत्तेपुर सडक खण्डमा चेकजाँचको क्रममा भुषण राई समातिएका हुन्।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाको गस्ती टोलीले शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो। सो क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय भुषण पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी पुगेको थियो।

राईले कालो रंगको प्लाष्टिक भित्र पोकोपारी लुकाएर ल्याउदै गरेको १३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए। उनलाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रनाउ गौतमको भनाई छ।

प्रकाशित: ३० फाल्गुन २०७८ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App