२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

अकोरावको साधारण सभा नेपालगन्जमा गर्ने तयारी

नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा साधारण सभाबारे जानकारी दिँदै।

देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराव)ले सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १६ औं वार्षिक साधारण सभा नेपालगन्जमा गर्ने भएको छ।

आगामी चैत ९ र १० गते उक्त कार्यक्रम गर्न लागिएको हो। सम्मेलन तथा साधारण सभाबारे जानकारी दिन नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले साधारण सभामा देशभरका ३ सय ६० सामुदायिक रेडियोका प्रतिनिधी सहभागी हुने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको उक्त साधारण सभामा विदेशी कुटनीतिक नियोग, साझेदार संस्थाका प्रतिनिधी, पत्रकारका विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधी लगायतको पनि सहभागिता रहने उनले बताए।

कार्यक्रममा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धी एवम् भोग्दै आएका समस्या, चुनौतीका तथा आगामी बाटोका विषयमा बृहत रुपमा छलफल हुने अध्यक्ष गिरीले जानकारी दिए।

पत्रकार सम्मेलनमा अकोरावका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले लुम्बिनी प्रदेशको नेपालगन्जमा हुन लागेको सामुदायिक रेडियो सम्मेलन तथा साधारण सभालाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

प्रकाशित: २८ फाल्गुन २०७८ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App