१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

स्रोत नखुलेको १८ लाखसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले रौतहटको सरमुजवाबाट भारतीय नागरिकलाई रकमसहित पक्राउ गरेको हो।

रौतहटको बौद्धिमाई नगरपालिका ९ सरमुजवाबाट भारतको बिहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्लाको महंगुवा गुरहनवा ग्राम पंचायत २ का ४५ वर्षीय दीपनारायण प्रसादलाई सशस्त्र प्रहरी बल रौतहट पक्राउ गरेको हो। भारतबाट नेपालतिर आइरहेका प्रसादलाई शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको रकम बरामद भएको हो। रकमको स्रोतको विषयमा पक्राउ परेका भारतीय नागरिकले केही बताउन सकेका छैनन्।

निजले चढेको मोटरसाइकल पनि सशस्त्र प्रहरीले बरामद गरेको छ। घटनाको अनुसन्धानको लागि सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।  

ठूलो परिमाणमा भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ भित्रिँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल गण नम्बर ११ हेड क्वार्टर रौतहटका इन्स्पेक्टर पंकजकुमार सिंहको नेतृत्वमा सादा पोशाकमा गएको टोलीले चेकजाँचपश्चात भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।  

पक्राउ परेका भारतीय नागरिकले मोटरसाइकलको विभिन्न पार्ट तथा हेलमेटमा लुकाएर स्रोत नखुलेको नेपाली रुपैयाँ भारतबाट नेपाल ल्याएका हुन्।

प्रकाशित: २७ फाल्गुन २०७८ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App