१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महिला हिंसाका घटनालाई राजनीतिकरण नगरियोस्ः रामकुमारी झाक्री

शहरी विकासमन्त्री रामकुमारी झाक्रीले महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्नेमा जोड दिएकी छन्। कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने उनले बताइन्।  

मंगलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनकार्यक्रममा बोल्दै उनले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिदैँ कानूनको सुधार गर्नुपर्ने बताइन्।  

मन्त्री झाक्रीले संवैधानिक निकायहरुमा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने पनि बताईन्।

प्रकाशित: २४ फाल्गुन २०७८ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App