२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा निषेधाज्ञा तोकियो

वीरेन्द्रगरमा निषेधाज्ञा तोकिएको मंगलगढी चोक। तस्बिरः गोविन्द केसी/नागरिक

वीरेन्द्रनगरमा सोमबार साँझबाट लागु गरिएको कर्फ्यू मंगलबार साँझबाट हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा तोकेको छ। आन्दोलनकारीले बढी क्षति पुर्‍याएको स्थानहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा तोकेको हो।

निषेधाज्ञा तोकिएको स्थानमा ५ जनाभन्दा बढी भेला वा हिड्न नपाउने जनाईएको छ। बन्दकर्ताहरुले सोमबार साँझ मंगलगढी चोकमा रहेको प्रहरी विटमा आगजनीसंगै नेकपा एमाले, नेपाली कांग्रेस र एकृकित माओवादीको पार्टी कार्यालयमा ढुंगा प्रहार र आगजनी गरेका थिए। थप क्षति र अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले सोमबार साँझ ८ः१५ देखी मंगलबार साँझ ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो। मंगलबाट साँझ ७ बजेदेखि लागु हुने गरि अर्को आदेश नहुनेसम्म निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए। एमसीसीविरुद्ध गरिएको नेपाल बन्दपछि तनावग्रस्त भएपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कफ्र्यू लगाएको थियो।

नागरिकहरुलाई हिड्डुलमा सहजता होस् भनेर निषेधाज्ञा तोकिएको जनाईएको छ। निषेधाज्ञा तोकिएको स्थानहरुमा मंगलगढी चौक, एरीचौक, हटिया लाईन मुख्य रहेको छ। मंगलबार ७ बजेदेखि ति स्थानमा अर्को आदेश नभएसम्म निषेधाज्ञा तोकिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ १७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App