२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पशु स्वास्थ्य मापदण्ड नपुर्‍याई खसी विक्री

सुर्खेत विक्रिका लागि खसी लग्दै गरेको ट्रक र खसीहरु।

पशु स्वास्थ्य मापदण्ड नपुर्‍याई बेच्न लगिएका खसीहरु प्रहरीले रोकेको छ। नारायण नगरपालिका–८ तताङ्र्गमा रहेको प्रहरी पोष्टले चेकजाँचको क्रममा कागजपत्र नभएपछि बेच्नका लागि ल्याईएको एक ट्रक खसी नियन्त्रणमा लिएर कार्वाहीका लागि जिल्ला पशु सेवा कार्यालय दैलेखमा बुझाएको हो।

नौमुले गाउँपालिकादेखी सुर्खेत तर्फ लग्दै गरेको कर्णाली प्रदेश २००१ ख ००८० नम्बरको ट्रकलाई चेकजाँच गर्दा ४५ वटा खसीहरु क्वारेन्टाइन स्वस्थ भएको चेकजाँचको प्रमाणपत्र साथमा नराखेर लैजादै गर्दा प्रहरीले नियन्त्रणमा लिएका हो। चालक रविन पुरी र सहचालक दिपक रोलालाई आवश्यक कार्वाहीका लागि पशु सेवा कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ विपरित कार्य गर्ने दुई जना र पशु बोकेको गाडीलाई कार्वाहीको लागि जिल्ला पशु सेवा कार्यालयमा पठाइएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। भेटेनेरी डाक्टरबाट नियन्त्रणमा लिएका खसीहरुको स्वस्थ भए नभएको परिक्षण गरिएको पशु सेवा कार्यालय दैलेखका निमित्त प्रमुख भिमबहादुर विष्टले बताए।

मासु खपतका लागि स्वस्थ खसीबोकाहरु प्रमाणित भइसकेपछि मात्र सरकारले तोकेको निश्चित वधशालामा काट्नुपर्ने व्यवस्था रहेको छ। रोगी खसीबोका विक्री गरेको पाइएमा कानूनले तोकेअनुसार सजाय हुने व्यवस्था रहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App