४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सवा करोड बढीको लागतमा बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी भवन शिलान्यास

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ७ मानपुर स्थित सेखुनिया तालको किनारमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य तथा मेयर केशव कुमार श्रेष्ठले भवन निर्माण स्थलमा पुजापाठ गरी ५ वटा ढुंगा राखेर भवनको शिलान्यास गरेका हुन्।

सो अवसरमा महामन्त्री आचार्यले मानपुरमा निर्माण हुने बर्थिङ सेन्टर सहीतको स्वास्थ्य चौकीले बुद्धभुमी र महाराजगंज नगरपालिकाका केही वडाका बासीन्दा लाभांवित  हुने बताए। उनले स्वास्थय क्षेत्रलाई सबैले प्राथमिकतामा राख्नु पर्ने बताए। उनले स्वास्थ्य क्षेत्रको विकासकालागि सरकारको थप लगानी आवश्यक रहेको भन्दै आफूले पनि जिल्लाको स्वास्थ्य क्षेत्रमा बजेट विनियोज गर्न प्रदेश र संघीय सरकरमा पहल गर्ने बताए।

कार्यक्रममा मेयर श्रैष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतमा राखेको बताए। उनले पालिकामा रहेको सबै १० वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने नगरपालिकाको योजना रहेको बताए। उनले अहिलेसम्म ५ वटा वडामा बर्थिङ सेन्टर निर्माण भईसकेको र यही आर्थिक वर्ष भित्र मानपुरमा बर्थिङ सेन्टर संचालन हुने बताए। नगरपालिकाकी ईन्जीनीयर निकित त्रिपाठीले १ करोड १६ लाखको लागतमा काठमाडौँको गोरखनाथ मर्चेन्डाईजर निर्माण कम्पनीले भवन निर्माणको जिम्मा पाएको बताइन्।

दुई तले भवनमा तल्लो तल्लामा स्वास्थ्य जाच र बर्थिङ सेन्टर तथा माथिल्लो तल्लामा कर्मचरी निवास रहेका छन्। गत मंसिरमा संझौता भएको ठेक्कोका निर्माण अवधि २०७९ असार २० गते सम्म रहेको त्रिपाठीले बताइन्। स्थानीय समाजसेवी रामेन्द्र प्रताप सिंहले बर्थिङ सेन्टर सहीतको स्वास्थ्य चौकी भवन निर्माण भए पछि यो वडा सहीत २ दर्जन बढी गाउँका बासीन्दालाई स्वास्थ्य उपचारमा सहजता हुने बताए। मानपुरमा स्वास्थ्य चौकी भवन भए पनि पुरानो र जीर्ण अवस्थामा रहेको छ।

त्यसैले नगरपालिका र वडाको सल्लाह अुनुसार नया ठाउमा साढे ४ कठ्ठा क्षेत्रफलमा भवन निर्माण सूरु गरिएको हो। नेपाल सरकारको विशेष अनुदान अन्र्गत नगरपालिकामा भवन निर्माणकालागि १ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केवरराज सुवेदीले बताए।

सो रकममा नगरपालिकाले थपेर १ करोड ९१ लाख पुर्‍याइएको थियो। मेयर श्रैष्ठको अध्यक्षता, राजन कुमार पोख्रेलको संचालनमा भएको कार्यक्रममा कांग्रेस कपिलवस्तुका अध्यक्ष अब्दुल कलाम, सचवि प्रेम बहादुर रायमाझी पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लागतयको सहभागी थियो। 

प्रकाशित: ११ फाल्गुन २०७८ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App