१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

जनचेतना फैलाउँदै म्याग्दी जेसीज

युवाहरूको नेतृत्व र ब्याक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले सदरमुकाम बाहिर रहेका युवाहरूलाई विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाउने गरेको छ। संस्थागत विकाससँगै सामाजिक कार्यमा समेत सक्रिय रहेको संस्थाले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न गरेको छ।  

जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले सामाजिक कुरिती र लागु औषध दुव्र्यसन न्यूनिकरणका लागि सामाजिक जागरण जरुरी रहेको बताए। म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले युवाहरुको नेतृत्व र ब्याक्तित्व विकाससंगै सामाजिक रुपान्तरणको लागि जेसीजले विभिन्न गतिविधि गर्दै आएको बताए। उनले जेसीजमार्फत ग्रामीण क्षेत्रमा रहेका युवाहरुलाई समेत साथमा लिएर सचेतनामुलक अभियान सञ्चालन गर्ने बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विरेन्द्र गुरुङले आगुऔषध र्दुव्यसन र बालविवाहको अवस्था, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले सामाजिक कुरिती न्यूनिकरणमा सरोकारवालाको भूमिकाबारे सहजीकरण गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले कार्यालयले सामाजिक क्षेत्रमा गरेका गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, युवा क्लब, आमा समूह र बाल क्लबका प्रतिनिधिहरुको सहभागीता रहेको म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीले बताए । उनले उक्त कार्यक्रममार्फत उत्तरी क्षेत्रका युवालाई जेसीजका गतिविधिका बारेमा समेत जानकारी गराउन पाएको बताए।

प्रकाशित: १० फाल्गुन २०७८ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App