१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

यौन सम्पर्क गर्न अस्विकार गर्दा देवरद्वारा भाउजुको हत्या

यौन सम्पर्क गर्न अस्विकार गर्दा कपिलवस्तुमा देवरले भाउजुको हत्या गरेका छन्। रक्सीले मोतका बाणगंगा नगरपालिका–१०, सोनपुरका ४० वर्षिय शभ्भु लोनियाले ६० वर्षिया एकल महिला यशोधा लोनियाको निर्मम हत्या गरेका हुन्।

गत मंसिर १० गते शभ्भुले घाटी थिचेर भाउजुको हत्या गरेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए। हत्याको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। अत्याधिक मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नीबीच विवाद भएपछि पत्नी माइती गएको दिन हत्या गरिएको थियो।

पत्नी नभए पछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेको थिए। भाउजु देवरबीच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक लोनियाले यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बताए।

घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको प्रहरी निरीक्षक केशवराज ज्ञवालीको संयोजकतामा टोली गठन गरिएको थियो। कपिलवस्तु प्रहरीले हत्याको सुक्ष्म अनुसन्धान गरी रहेको जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App