१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

'जुत्ता पड्काउँदै परीक्षा हल जान नपाइने'

गुल्मी- जिल्ला शिक्षा कार्यालय गुल्मीले विगत वर्षहरूमा भन्दा यो वर्षको एसएलसीलाई केही फरक बनाउने तयारीका साथ २७ बुँदे आचारसहिंता माताहतमा लागू गरेको छ। होम सेन्टर नरहने गुल्मीमा जुन विद्यालयमा परीक्षा सञ्चालन गर्ने हो, त्यही विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष र अरू शिक्षकलाई निरीक्षकको रूपमा शिक्षा कार्यालयले नियुक्त गरेको छ।जिल्ला शिक्षा अधिकारी डा. भोजराज काफ्लेले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गरेर २७ बुँदे आचारसंहिताको बारेमा जानकारी दिए। साथै उनले विगत वर्षमाभन्दा केही फरक गर्ने कोसिस गरेको बताए।

'स्वच्छताको हिसाबले गुल्मीको परीक्षा विगत वर्षदैखि नै राम्रो हुँदै आएको छ,' उनले भने, 'हामीले सकेसम्म विद्यार्थीले जानेको कुरा कापीमा लख्नसक्ने वातावरण बनाएका छौं।' उनले एसएलसी परीक्षाको नाममा हाउगुजी धेरै हुने भएकाले विद्यार्थीलाई त्यस्तो वातावरणमा अभ्यस्त गराउन नहुने उनको भनाइ छ। तर विद्यार्थीले कुनै अमर्यादित क्रियाकलाप गरेमा उसको परीक्षा सोझै रद्द हुने ब्यवस्था मिलाइएको उनले बताए।

'यो वर्ष एउटै विद्यालयका शिक्षकबाट परीक्षा चलाउने तयारी भएको छ,' उनले भने, 'यसले अरू विद्यालयको पढाइमा असर पर्दै र जाँच हुने विद्यालय तथा त्यहाँका शिक्षकको सम्मान हुन्छ।' होम सेन्टर नहुँदा एउटै विद्यालयका शिक्षकले परीक्षा सञ्चालन गर्दा पनि परीक्षा अमर्यादित हुने डर नरहेको उनले बताए।

एसएलसीका लागि सुरक्षा, अनुगमन, परीक्षामा सहभागी हुने कर्मचारीलाई तालिमलगायत सबै वषयबारे जानकारी गराएको उनले बताए। 'हामीले सानका साथ जुत्ता पड्काउँदै परीक्षा हल प्रवेश गर्दा विद्यार्थीको मानसिकता बिग्रन पनि सक्छ,' उनले भने, 'त्यसैले यो वर्ष लेख्ने वातावरणमै बढ्ता ध्यान दिएका छौं।' त्यस्तै प्रत्येक केन्द्रध्याक्षले हरेक दिन मौखिक र जाँच सकिएपछि लिखित प्रतिवेदन शिक्षा कार्यालयमा बुझाउने ब्यवस्था मिलाइएको छ।

प्रत्येक परीक्षा केद्रमा प्राथमिक उपचार कक्षको स्थापनासमेत गरिएको छ। कुनै-कुनै छात्राहरूको परीक्षाकै समयमा महिनावारीको समय हुने भएकाले प्रत्येक परीक्षा केन्द्रमा सेनेटरी प्याडको समेत ब्यवस्था गरिएको उनले बताए।

सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालका अनुसार ३० वटा परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षामा १ सय ३४ वटा विद्यालय सहभागी हुँदैछन्। जसमा १ सय १९ सामुदायिक अरू संस्थागत विद्यालय छन्। परीक्षामा २ सय ३५ जनाले निरीक्षकको रूपमा काम गर्नेछन्।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीद्वारा सम्पूर्ण परीक्षाको सुरक्षा ब्यवस्था मिलाइएको छ। स्रोत ब्यक्तिहरू, पेसागतका पदाधीकारी, पत्रकार, शिक्षा कार्यालयको पूरा समूहले परीक्षा अवधिभर अनुगमन गरिरहने उनले बताए।

यो वर्ष गुल्मीमा ५ हजार ७ सय ४७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। जसमध्ये २२ सय १८ छात्रा र २१ सय ७ छात्र गरेर नियमिततर्फ ४३ सय २५ जना विद्यार्थी सहभागी छन्। १४ सय २२ जना विद्यार्थी एक्जामटेड रहेका छन्।

शिक्षा कार्यालयका अनुसार यो वर्ष १ सय २७ जना विद्यार्थी परीक्षा दिन अयोग्य भएका छन्। खासगरी हाजिरी नपुगेका र बीचैमा कक्षा छोडेका विद्यार्थीहरू परीक्षा दिन अयोग्य भएका हुन्।

प्रकाशित: ३ चैत्र २०७१ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App