५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कारागारबाट छुटाइदिने भनी पैसा लिएका लिम्बु पक्राउ

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगीरहेका दुई जनालाई छुटाइदिने भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले इटहरी वडा नं. २० का मन्दु भन्ने जसबहादुर लिम्बु पक्राउ परेका हुन्। उनी ३३ लाख रुपैयाँ लिएर फरार भएका थिए।

इटहरी वडा नं. १२ खनारका तारा कार्की पुरीलाई न्यायधीस र प्रहरीसँग राम्रो सम्बन्ध भएकाले गर्दा छुटाइदिने भनी पैसा लिएर लिम्बु फरार भएका थिए। लिम्बुले कर्तव्य ज्यान मुद्दामा तेह्रथुम कारागारमा कैद सजाय भोगीरहेका ताराका श्रीमान् सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई छुटाइदिने भनेर पैसा लिएर फरार भएका थिए।

पक्राउ परेका लिम्बुविरुद्द जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएर अनुसन्धान थालिएको छ। इटहरी वडा नं. १२ कै भरत चौधरीमार्फत लिम्बु ताराकोमा पुगेका हुन्। लिम्बुले पटकपटक गरेर ताराबाट पैसा लिएका थिए। ताराले आफ्ना श्रीमान र देवर छुट्ने आशामा जग्गा बन्धकी राखेर लिम्बुलाई पैसा दिएको खुलेको छ। अहिले भरत चौधरी भने फरार भएकाले प्रहरीले खोजी तिब्र पारेको छ।

प्रकाशित: ८ फाल्गुन २०७८ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App