१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नगद र ठूलो परिमाणको गाँजासहित तीन युवा पक्राउ

पक्राउ व्यक्ति र गाँजा सार्वजनिक गर्दै उदयपुर प्रहरी। तस्बिर: महेश्वर/नागरिक

उदयपुर प्रहरीले बिहीबार विहान ठूलो परिमाणको गाँजा र नगदसहित ३ युवालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रामपुरको विशेष टोलीले विहान २ बजेर १० मिनेट जाँदा  जिल्लाको बेलका नगरपालिका ८ को सिरुवानीबाट १६ बोरा गाँजा र नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

गाँजाको कारोबार भईरहेको भन्ने विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको विशेष टोलीले को १ ज २७६१ नं. को महेन्द्र जिपमा राखेर अज्ञातस्थलतर्फ लान तयार गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। 

मैनाराजा मैनारानी ढुवानी सेवा लेखिएको पिकअप भ्यानमा निलो त्रिपालले छोपेर लुकाईछिपाई राखेको अवस्थामा ४ सय किलोग्राम गाँजासहित बेलका नगरपालिका ७ का २९ वर्षीय मनोज राई, गाडीधनी तथा चालक बेलका ८ का २७ वर्षीय गोकुल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार ४ सय किलोग्राम गाँजासँगै उनीहरुको साथबाट ६३ हजार २५ रुपैयाँ नगद पनि बरामद भएको छ। साथै सामसुङ कम्पनीको सुनौलो रंगको स्मार्ट मोवाईल, रेडमि कम्पनीको हरियो रंगको स्मार्ट मोवाईल, रेडमि कम्पनीकै कालो रंगको स्मार्ट मोवाईल र नोकिया कम्पनीको कालो रंगको सादा मोवाईल १÷१ थान पनि बरामद भएको छ।    

जिल्ला प्रहरी कार्यालयले बिहीबार दिउसो पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति, बरामद गाँजा, जिप र सामग्रीहरु सार्वजनिक गरेको छ। उनीहरुमाथि लागू पदार्थ गाँजा किनबेच सम्बन्धी मुद्धामा कानुनी कारबाही गर्ने तयारी भईरहेको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताएका छन्।  

प्रकाशित: ५ फाल्गुन २०७८ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App