९ असार २०८१ आइतबार
image/svg+xml
समाज

सडकमा करोडौं रकम खर्च

सडकलाई प्राथमिकता दिएको वनगाड कुपिण्डे नगरपालिकाको कार्यालय सल्यान।

वनगाड कुपिण्डे नगरपालिका सल्यानले सडकलाई प्राथमिकता दिदैँ बजेट विनियोजन गरि खर्च गरेको छ। नगरपालिकाले पाँच वटा सडक स्तर उन्नति र १९ वटा सडक निर्माणमा करोडौं रकम खर्चेको हो।

नगरपालिकाले प्रमुख सडकहरु छानेर स्तर उन्नति गरेको हो। पटक पटक एउटै सडकमा सानो सानो रकम खर्चेर काम नदेखिन थालेपछि नगरपालिकाले पहिलो चरणमा पाँच सडक छानेर काम गरेको हो। स्तरउन्नति गरिएको सडकहरुमा देवस्थल, नाम्रा धारागाँउ, पोखरा, औलवेसी, वामे सडकमा जसमा चार करोड रकम खर्चेर सडक स्तर उन्नति गरिएको हो ।

नाथे खोला, बाझकोट सडकमा ९० लाख खर्चिएको छ। गाईदुवा, चिसापानी, स्वराज्यूला सडकमा ४५ लाख रकम, कुपिण्डे निगालचुला सडकमा २५ लाख, माझखर्क चौर सडकमा एक करोड रुपैँया स्तरउन्नतिको लागि नगरपालिका खर्च गरेको ईन्जिनियर महेश देवकोटाले बताए। यी पाँच सडकहरुमा डवल कटिङ, कच्ची नाली, वाल, ग्रावेल आदि गरिएको छ।

त्यस्तै नगरपालिकाले टाट्के, माझकाडा सडकमा १ करोड २५ लाख, टाट्के, आपचौर, खाज्चे, निगालचुला सडकमा ३ करोड ७० लाख, रैकर, पाचरे सडकमा ८० लाख, नाथे खोला, राउचे छापडाँडाँमा ८० लाख, देवस्थल, माल्पे खरिक सडकमा ८० लाखसहित १९ वटा सडक योजनामा नगरपालिकाले १२ करोड ५९ लाख रुपैँयामा खर्च गरेको छ।

जसमा १५ लाखदेखी ३ करोड ७० लाखसम्मका योजना रहेका छन् । सबै वडाहरुसम्म सडक सञ्जाल जोड्नका लागि यो रकम खर्च गरेको हो। खानेपानीतर्फ पनि ३० लाखदेखी ३ करोड ५४ लाखसम्म खर्चेर खानेपानी योजना निर्माण सम्पन्न गरेको छ। मुलखोला, खेतगारा, खानीगाउँ, वटापोखरा लिप्ट खानेपानी योजनामा नगरपालिकाले ३ करोड ५४ लाख रुपैँया खर्च गरेको हो।

अन्य दुई खानेपानी योजनामा ३० लाख र ६० लाख खर्च गरेको हो। नगरपालिका ५ वटा स्वास्थ्य भवन निर्माण गरेको छ। २ करोड ३२ लाखमा नगरपालिकाले पाँच वटा भवन निर्माण गरिएका हुन्। त्यस्तै नगरपालिकाले ५ करोड २९ लाखमा प्रशासनिक भवन निर्माधिन अवस्थामा रहेको छ।

ग्रामिण विद्युतियकरण, विद्यालय, १५ शैयाको अस्पताल झोलुगे पुल, लगायतका शिषकमा करोडौ रकम खर्च गरेको छ। मुख्यतः सडकलाई केन्द्रित गरेर बजेट बनाएका कारण अहिले सवै ठाउँमा हिड्डुल गर्न सहज भएको नगरपालिकाका नगर प्रमुख गोविन्द पुनले बताए।

प्रकाशित: २७ माघ २०७८ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App