कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ। शुभकालिका गाउँपालिकाको राराकाटिया सडक खण्डमा भे.१.च १२६० नम्बरको गाडीले ठक्कर दिदा बालकको घटना स्थलमै मृत्यु भएको हो।
शुभकालिका गाउँपालिका वडा–५निवासि नैसिहं टमट्टाको छोरा अन्दाजी १४ वर्षीय सुनिल टमट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए। उनले भने, अहिले गाडीलाइ स्थानीयले नियन्त्रणमा लिएका छन्। वालकलाइ के कति कारणले ठक्कर दिदएको भन्ने खुल्न सकेको छैन्।’
अहिले प्रहरी निरीक्षक भुपेन्द्र शाहीसहितको टोली घटना स्थलमा गइरहेको उनले जानकारी दिए। घटना दिउँसो १२ः१५ मा भएको थियो। गाडि चालक भन्ने फरार रहेको प्रहरीले जनाएको।
प्रकाशित: २० माघ २०७८ ०९:०९ बिहीबार