२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित ३६ वर्षीया महिलाको मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार मोरङको उर्लाबारी २ की ३६ वर्षीया महिलाको आज सोमबार दिउँसो १ बजेर २५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो। मृतक दीर्घरोगी भएको र कोभिडविरुद्धको खोप पनि नलगाएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए।

प्रतिष्ठानका अनुसार मृतकलाई हिजो आइतबार संक्रमण पुष्टि भएको थियो भने हिजै कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: १० माघ २०७८ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App