१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जन्मदिनको अवसरमा विपन्न र अभिभावकविहिन विद्यार्थीलाई सहयोग

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहन एक समाजसेवीले म्याग्दीका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना घर भई हाल यूकेमा रहेका कृष्ण तुलाचनले चरम गरिबीका कारण पठनपाठनमा समस्या चार विद्यार्थीलाई नगद ५० हजार सहयोग गरेका हुन्।

जन्मदिनको अवसरमा तुलाचनका आफन्त देबेन्द्र तुलाचन, सहकर्मी सुमन गिरी सहितको टोलीले बेनपा–४ धौलागिरी माविमा कक्षा ६ मा अध्ययनरत मेधावी छात्र सोनी थापा मगरलाई २० हजार, अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी अभिभावकबिहिन ८ वर्षीया एजिना पुनलाई २० हजार, म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा धनमायाँ विक र सोमप्रसाद सोपकोटालाई ५/५ हजार हस्तान्तरण गरिएको छ।

अभिभावकसँगै सुकुम्बासी जीवन बिताइरहेकी छात्रा सोनी विद्यालयकै उत्कृष्ट विद्यार्थी, हिस्तानकी एलिना र दृष्टिविहिन धनमायाँ अभिभावकविहिन र सोमप्रसाद् अपाङुता भएका जेहेन्दार विद्यार्थी हुन्। धनमायाँ र सोमप्रसादलाई अघिल्लो वर्ष समेत क्याम्पसमै कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको थियो।

प्रकाशित: २९ पुस २०७८ १४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App