१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्कुले छात्रालाई प्रशिक्षण

भक्तपुरमा महिला नेतृत्वका लागि दिइएको तीनदिने प्रशिक्षण सकिएको छ। उमान लिडरशिप (महिला नेतृत्वका लागि) युथ फर युथ, एलान्स फर लिडशिप (युवाका लागि युवा, महिला नेतृत्वका लागि सहकार्य) प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा तीन महिलाहरु प्रविता श्रेष्ठ, रुमबुद्ध मगर र विन्दिया नागाले प्रशिक्षण दिएका थिए। कार्यक्रममा भक्तपुरको एभरेष्ट इंगलिश स्कुलका कक्षा ७ का १७ जना छात्राहरुलाई सहभागी गराइएको थियो। पाइलट प्रोजक्टको रुपमा कार्यक्रम सञ्चालन गरिएको स्कुलले जनाएको छ। 

प्रकाशित: २७ पुस २०७८ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App