२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोर्चुगल पठाइदिन्छु भनी चालिस लाख ठगी गर्ने दुई पक्राउ

पोर्चुगल पठाइ दिन्छु भनी रकम ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोर्चुगल पठाइ दिने भन्दै ४० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

पक्राउ पर्नेहरुमा बाग्लुङको गल्कोट नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौँको मैतीदेवी बस्दै आएका २८ वर्षका अमृत सोतीमगर र सर्लाहीको बागमती गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुरको हसिसिद्धी बस्ने २४ वर्षका समीर कार्की रहेका छन्। 

पक्राउ परेका ती दुईले युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्स प्रालि सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ। उनीहरुले वर्किङ भिषामा पोर्चुगल पठाइ दिन्छु भनी चार जनाबाट प्रतिव्यक्ति दश लाख रुपैयाँका दरले रकम संकलन गरेका थिए।

‘पोर्चुगल पुगे पश्चात राम्रो होटल तथा कम्पनीमाकाममा लगाइ दिन्छु, मासिक एकलाख भन्दा भढी कमाई हुन्छ भनी झुक्याई प्रलोभनमा पारी दशलाखका दरले ४ जनासँग चालिस लाख रुपैयाँ लिई ठगी गरेको देखिएको छ’, प्रहरी उपरीक्षक कोइरालाले भने। 

उनले पक्राउ परेका तिनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको बताए।

प्रकाशित: २१ पुस २०७८ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App