३ असार २०८१ सोमबार
image/svg+xml
समाज

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो।

उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

प्रकाशित: १९ पुस २०७८ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App