७ वैशाख २०८१ शुक्रबार
समाज

दरबन्दी औषधि प्रयोगशालामा, हाजिर मन्त्रालयमा!

औषधि प्रयोगशालामा हाजिर नभएका भरत भट्टराई।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले औषधि व्यवस्था बिभागका महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरे। यो बिभागको महानिर्देशक पद एउटा मात्रै थियो, तर अर्का महानिर्देशक नारायण ढकाल उक्त पदमा कायमै रहेको अवस्थामा तत्कालीन मन्त्री भरत भट्टराईलाई अर्को महानिर्देशन नियुक्त गरिदिए। एक पद,तर दुई महानिर्देशक भएपछि उनिहरुबीच ‘महानिर्देशक’ शक्तिको प्रतिष्पर्धा सुरु भयो।  

केपी ओली नेतृत्वको सरकार विस्थापन भएपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका नियुक्तीलाई हेरफेर गर्यो। यो हेरफेरमा भट्राई पनि परे। उनलाई वर्तमान सरकारले राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकका रुपमा सरुवा गरिदियो। 

तर भट्टराईले सरकारले गरेको सरुवालाई मान्न तयार भएनन्। उनी सरकारले खटाएको ठाउँमा नगएर बिदामा बसे। उनले ८८ दिनको बिदा लिए। यसबिषयमा भट्टराईसंग कुराकानी गर्न खोज्दा उनले आफू यस विषयमा केहि नबोल्ने बताए। उनले किन सूचना चाहियो भन्दै प्रश्न गरे ‘केको लागि तपाई सोध्दै हुनुहुन्छ? किन चाहियो तपाईलाई यो सब?’ उनले यो बिषयमा आफू नबोल्ने भन्दै सबै जानकारी लिनका लागि स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न भने।

स्वास्थ्य मन्त्रालयका अनुसार भट्टराई औषधि प्रयोगशालामा किमार्थ हाजिर हुन राजी छैनन्। ‘एक पटक मन्त्री भैसकेको मान्छे कसरी सहायकमन्त्री हुन्छ?’ स्वास्थ्य मन्त्रीका बिज्ञ सल्लाकार डा.रमेश ढकालले भट्टराईको भनाई उदृत गर्दै भने ‘महानिर्देशन भैसकेको म कसरी निर्देशकमा झरेर काम गरुँ?’ महानिर्देशक भैसकेको मान्छे कसरी निर्देशक बन्ने भन्दै उनले राखेको अडानका सामु मन्त्रालय समेत झुक्ने देखिन्छ। उनलाई सरुवा भएको स्थानमा हाजिर नगराएर मन्त्रालयमै हाजिर गराउने तयारी थालिएको छ। ‘अबको एक दुई दिनमै उहाँको बिदा सकिँदैछ,’ डा.ढकालले भने ‘उहाँको बिदा सकिएपछि अब उहाँ हाजिर हुनुहुन्छ।’  

ढकालका अनुसार उनलाई औषधि प्रयोगशालामा हाजिर गराउन प्रयास गर्ने र नमानेको खण्डमा मन्त्रालयमै हाजिर गराईने छ। ‘उहाँ ११औँ तहको कर्मचारी हुनुहुन्छ,उहाँलाई बिभाग वा मन्त्रालय जहाँ हाजिर गराएपनि मिल्छ,’ ढकालले भने ‘यसर्थ उहाँले निर्देशक बनेर काम गर्न नचाहेको खण्डमा उहाँलाई मन्त्रालयमै हाजिर गर्ने व्यवस्था गरिन्छ।’

त्यसोत, भट्टराईका सामु स्वास्थ्य मन्त्रालय समेत अधिक लचिलो बनेको देखिन्छ। सरुवा भएको स्थानमा नजाने कर्मचारीलाई दण्डित गर्नुको साटो उनै कर्मचारीलाई सजिलो बनाईदिएर स्वास्थ्य मन्त्रालयले औषधि प्रयोगशालामा पनि महानिर्देशक पद राख्न खोजेको थियो। ‘उहाँले महानिर्देशन पदनै चाहिन्छ भनेपछि औषधि प्रयोगशालामा महानिर्देशन पद कायम गर्ने प्रयास पनि थालियो,’ ढकाल भन्छन् ‘तर तत्कालका लागि यो मिलेन, त्यसका लागि फाईल भने तयार भैसकेको छ।’ प्रयोगशालामा महानिर्देशन पद स्थापना हुन सकेपछि बल्ल मात्रै भट्टराईलाई त्यहाँ खटाउने तयारी मन्त्रालयको छ।  

सरुवा भएको स्थानमा नपुगेका भट्टराई आफ्नो सहजताका लागि मन्त्रालय निकै धाएको स्रोतले बताएको छ। उनले औषधि प्रयोगशालामा नपठाउनका लागि अनुरोधसहित अन्य उपयुक्त स्थानमा स्थानान्तरणका लागि मन्त्रालयमा लबिङ गर्दै आएका छन्।

प्रकाशित: १६ पुस २०७८ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App