४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीमा हिमपातको असरः हिउँ जम्दा मुगुमा यातायात अवरुद्ध

बाक्लो हिमपातका कारण बुधबारदेखि नाम्म–मुगु सडक अवरुद्ध भएको छ। सडकमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको हो।

बिहीबार विहानदेखि नेपाल प्रहरी र नेपाली सेनाले सडकमा जमेको हिउँ फाल्ने प्रयास गरेपनि सडक खुल्न सकेको छैन। हिजो विहानैदेखि सडक खुलाउन हिउँ फाल्ने काम भइरहेको मुगुका प्रहरी प्रमुख (डिएसपी) सुवास हमालले बताए। ‘शुक्रबार (आज) पनि विहानदेखि हिउँ फाल्ने काम भईरहेको छ,’ डिएसपी हमालले भने, 'छैठौं घुम्तीबाट सातौं घुम्तीसम्म हिउँ जमेको छ। आज दिउँसोसम्म यातायात खुलाउने प्रयास भईरहेको छ।’

हिजो सडक सफा गरेको ठाउँमा फेरि पातलो हिउँ परेपछि समस्या भएको जनाईएको छ। प्रहरीका अनुसार करिव डेढ किलोमिटर सडक क्षेत्रमा अत्याधिक हिउँ जमेको छ। प्रहरी निरीक्षक( इन्स्पेक्टर) जनक धामीको नेतृत्वमा १७ जना प्रहरी टोली हिउँ पन्छाउन छैठौं र सातौं घुम्तीमा बिहीबारदेखि खटिएका छन्। त्यस्तै नेपाली सेना पनि हिउँ पन्छाउन खटिएका छन्।

त्यस्तै डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध भएको छ। जाजरकोट–डोल्पा सडक सुचारु भईरहेको डोल्पाका प्रहरी प्रमुख (डिएसपी) निरञ्जन थापाले बताए। डोल्पाका उच्च हिमाली भेगतिर बाक्लो हिमपातले स्थानीयहरुमा निकै सकस भएको डिएसपी थापाले बताए।

प्रकाशित: १६ पुस २०७८ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App