२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

फरार दुई अभियुक्त सर्लाहीबाट पक्राउ

जिल्ला अदालत सर्लाहीबाट विभिन्न मितिमा सजायँ पाई फरार रहेका दुई अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाबाट खटिएर गएको टोलीले दुई अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको हो।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा एक महिना कैद तथा दुई हजार रुपैयाँ जरिवाना भएका सर्लाहीको हरिवन नगरपालिका ६ का ४१ वर्षीय सन्तोषराज उप्रेती र जुवाको मामिलामा पाँच सय रुपैयाँ जरिवाना तोकिएका हरिवन ६ का ४२ वर्षीय कुलबहादुर कार्की रहेका छन्।

पक्राउ परेका दुवैलाई सर्लाही जिल्ला अदालत मलंगवामा बुधवार नै पेश गरिएको छ। यसैबीच हरिवन बजारबाटै प्रहरीले वेवारिसे अवस्थामा रहेको करिब ८० हजार रुपैयाँ बराबरको कपडा पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

प्रकाशित: ७ पुस २०७८ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App