२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

करिब ७० हजार नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ

रौतहट प्रहरीले दुई भारतीयलाई नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार प्रान्तको मोतिहारी जिल्लाको घोडासहन थाना अन्तर्गतको श्रीपुर पंचायतको कबैया निबासी २६ वर्षीय विकास जयसवाल र सोही ठाउँका ३२ वर्षीय अजय प्रसाद रहेका छन्।  

नेपाल भारत सीमा क्षेत्रको रौतहटको परोहा नगरपालिका ८ नरकटियामा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा मोटरसाइकल यात्रीलाई रौतहट प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा दुवै जनाबाट नक्कली नेपाली रुपैया बरामद भएको हो।

दुवै जनाबाट प्रहरीले १००० दरका ६९ वटा गरी ६९००० हजार नक्कली नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको छ। साथै ५०० दरको एउटा नक्कली नेपाली नोट पनि प्रहरीले बरामद गरेको छ।

बरामद गरेको नक्कली नोट कहाँबाट आएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका दुबै जनालाई रौतहट जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गराई प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: १ पुस २०७८ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App