coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गजुरीबाट गाँजासहित एक जना पक्राउ

गाँजासहित पक्राउ परेका मोतिलाल तामाङ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट लागु औषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नं.४ सउरबोटे बस्ने ५१ वर्षीय मोतिलाल तामाङ रहेका छन्। उनले साथमा बोकी ल्याएको पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा १० किलो २०० ग्राम लागु औषध गाँजा फेला परेको हो।

राजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको भाडाको यात्रुबाहक विङगर मिनी बस रोकी चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २८ मंसिर २०७८ १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App