भक्तुरमा मानव अधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय तहमा यसको कार्यान्वयनसम्बन्धी कार्यशाला भएको छ। ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२१ को अवसरमा मानव अधिकार संचार प्रतिष्ठान नेपाल र चाँगुनारायण नगरपालिका भक्तपुरको समन्वयमा नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज संघ संस्थाका प्रतिनिधिहरु सहितको सहभागितामा सो कार्यशाला भएको हो।
कार्यशालामा मानव अधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा छलफल गर्दै स्थानीय तहमा त्यसको कार्यान्वयनबारे मानवअधिकारकर्मी मीना शर्माले प्रस्तुतिकरण गरेकी थिइन्।
प्रस्तुतिकरण प्रश्चात नागरिक समाज संघ संस्थाहरुको तर्फबाट विचार राख्दै सहभागीले स्थानीय तहबाट नै मानव अधिकारका मुलभुत पक्षहरुलाई कार्यान्वयन गर्न स्थानीय तहले नागरिक समाज र संघ संस्थाहरुसँगको समन्वयमा ठोस कार्ययोजना तयार गरी लाग्नु गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नगर प्रमुख सोम प्रसाद मिश्रले मानव अधिकार सुनिश्चित गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने र नागरिक समाज संघ संस्थाहरुसँग सदैव हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको र नगरपालिकाबाट हुने सार्वजनिक सेवा प्रवाहको क्रममा हुन सक्ने कमीकमजोरीहरु औंल्याइ दिएर आवश्यक सुझाव दिन समेत नागरिक समाजलाई अनुरोध गरे।
सोही अवसरमा मानव अधिकार राष्ट्रिय कार्ययोजना स्थानीय तहमा यसको कार्यान्वयन गर्न ठोस कार्ययोजना तयार पार्न नगरपालिकाबाट विधायन समितिका सदस्य सपना तामाङ्को संयोजकत्वमा ५ सदस्यीय सरुना परियार विधायन समिति , आशा माझी नगरपालिका कर्मचारी, रामभक्त सुवाल भक्तपुर बार र पहलमान श्रेष्ठ गैसस भक्तपुर बाट प्रतिनिधित्व रहने गरि कार्यदल समेत गठ्न भएको थियो।
प्रकाशित: २४ मंसिर २०७८ ११:३२ शुक्रबार