१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ बिजयपुरमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।  

वीरगञ्जबाट फलामे रड लिएर पोखरातर्फ आउँदै गरेको ल.२ ख. २९४८ नम्बरको ट्रक आज शुक्रबार विहान साढे चारबजे अनियन्त्रित भई नालीमा पल्टिएको प्रहरीको भनाई छ ।

ट्रक पल्टिएर गम्भीर घाईते भएका उनीहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिए पनि उनीहरुको उपचारका क्रममा ६ बजेतिर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए । मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षिय भीमबहादुर तामाङ र नाम–ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका एक पुरुषको मृत्यु भएको उनले बताए ।

दुवै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।  

प्रकाशित: २४ मंसिर २०७८ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App