५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मलंगवामा आगलागी हुँदा लाखौँको क्षति

सर्लाही सदरमुकाम मलंगवाको एक पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ। मलंगवा नगरपालिका ९ बसपार्कस्थित जलाल अहमदको घरको सटरमा स्थानीय रामनाथ चौधरीले संचालन गरेको होलसेल इलेक्ट्रिक पसलमा आगलागी हुँदा करिब ३५ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

आगोले पसललाई पूर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगोलाई स्थानीयवासी र नेपाल प्रहरीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको तथा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

प्रकाशित: २० मंसिर २०७८ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App