१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा ट्याक्टर दुर्घटना: घाइतेमध्ये २ जनाको मृत्यु, २ को अवस्था गम्भीर

शुक्रबार ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा ४ घाइतेमध्ये २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षका बसन्त लिम्बू र १५ वर्षका समिर लिम्बू रहेका छन्।

घाइते अन्य २ मध्ये १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा र १ जनाको गम्भीर अवस्थामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए। सिरिजंगा गाउँपालिका वडा नं ३ वरक्पाबाट बोखिमतर्फ जाँदै गरेको मे १ त ६८९३ नम्बरको ट्याक्टर सडकबाट करिव २ सय मिटर तल झरेर दुर्घटनामा परेको थियो।

मृतकमध्ये बसन्तको धरानमा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा मृत्यु भएको हो।

प्रकाशित: १८ मंसिर २०७८ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App