६ वैशाख २०८१ बिहीबार
समाज

उदयपुर ट्राफिकलाई त्रियुगा नगरले भवन बनाई दिँदै

जिल्ला ट्राफिक कार्यालय उदयपुरले नयाँ भवन पाउने भएको छ। दुई दशकयता भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिकलाई त्रियुगा नगरपालिकाको चालू आर्थिक वर्षमा बजेट र जग्गा व्यवस्था गरेर भवन बनाई दिन लागेको हो।

त्रियुगा नगरपालिका १३ स्थित पूर्व–पश्चिम बरुवा बसपार्कको ५ कठ्ठा जग्गामा नगरपालिकाले भवन बनाउन लागिएको हो। नगरप्रमुख बलदेव चौधरीले भवनको एक कार्यक्रमका बीच शिल्यान्यास गरे।

दुईतले वहुवर्षीय योजनाअन्तरगत बनाउन लागिएको भवन छिटै सक्नुपर्ने भए पनि आवश्यक बजेट भने अपुग हुने ट्राफिक प्रहरी प्रमुख सई लिलकुमार श्रेष्ठले बताए। त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालका अनुसार भवन बनाउन चालू आर्थिक वर्ष नगरपालिकाले १५ लाख रुपैंया बिनियोजन गरेको छ।

सदरमुकाम भएकाले गाईघाटमा सवारी चाप अत्याधिक बढेकाले ट्राफिक समस्या दिनहुँ बढ्दो छ। त्यससँगै दुई वर्षयता मदन भण्डारी लोकमार्ग गाईघाट भएरै सञ्चालनमा आएपछि थप कठिन बन्दै गएको ट्राफिक व्यवस्थापन सहज बनाउन भवनको अप महत्व छ।

आफ्नै भवन नहुँदा कार्यालय सञ्चालन गर्न, पक्राउ सवारी साधन पार्किङ गर्न र अन्य व्यवस्थापकीय समस्या झेल्नु परेको ट्राफिक कार्यालयका लेखापाल भुवन राईले बताए।

चालू आर्थिक वर्षको बजेटले जे जति भवन बनाउन नसकिन्छ बनाएर काम चलाउ गर्नुपर्ने बाध्यता रहेको सई श्रेष्ठले बताए।

प्रकाशित: १८ मंसिर २०७८ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App