२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुनको कछुवासहित चारजना पक्राउ

काठमाडौँ महानगरपालिका १३ सोल्टी दोबाटोबाट सुनको कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूका साथबाट कछुवासहित ३६ हजार ६५५ रुपैयाँ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियारलाई पक्राउ गरेको परिसरले आज एक सूचना जारी गरी जानकारी दिएको छ।

पहेँलो कछुवा अवैधरूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा शनिबार साँझ खोजतलासमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूका विषयमा प्रहरी वृत्त कालीमाटीमा प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७८ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App