२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

संकटमा परम्परागत नृत्य

परम्परागत रुपमा नाचिने नृत्यहरु लोप हुँदै गएका छन्। सामाजिक राजनीतिक परिवर्तनसँगै विभिन्न भेक र समुदायमा प्रचलित पैंजरी, हुड्के, ढोलकी, गर्रा, रत्यौली लगायतका परम्परागत लोक नृत्यहरु लोप हुन थालेका हुन्।

अचेल गाउघरमा लाग्ने मेलापर्वहरुमा ठाडीभाका, रत्यौली र देउडा नाचमा बुढापाकाहरुको लस्करमात्रै देख्न सकिन्छ। प्रचलित यस्ता लोकनृत्यमा समेत पछिल्लो पुस्ताको आर्कषण घटेकोमा बुढापाकाहरु चिन्तित छन्।

नारायण नगरपालिका – ७ का ७१ पूर्णबहादुर थापाले अनुशासन र सामाजिक एकता कायम राख्न परम्परागत गीत र नाचले धेरै अर्थ राख्ने बताए। ‘हाम्रा पालामा धुमधाम पञ्चेबाजा बजाएर विवाह गर्ने चलन थियो, अहिलेका युवाहरु सुटुक्क मन्दिरमा गएर विवाह गर्छन्’, थापाले भने, ‘पहिले विवाहमा पञ्चेबाजा बजाउने, ढोलकी, मारुनी र हुड्का नचाउने गरिन्थ्यो।’ विवाहमा मागल गाएर नाच्दा विवाहमा खुबै रमाईलो हुने बुढापाकाहरु बताउँछन्।

परम्परागत गीत र नृत्यहरु ओझेलमा पर्नुलाई पुस्तान्तरमा आएको आधुनिकता मुख्य कारण भएको दुल्लु क्षेत्रका सम्पदा संस्कृति संरक्षण समितिका संयोजक घनश्याम भण्डारीले बताए। पछिल्लो समय एफएम रेडियो र मोबाईलको बढ्दो प्रभावले गर्दा यहा“का लोक नृत्यहरुले आधुनिक समाजमा निरन्तरता पाउन छाडेको भण्डारीको भनाइ छ। सांस्कृतिक, ऐतिहासिक, र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने यस्ता नृत्यहरु विशेष कार्यक्रम बाहेक गाँउघरमा नाच्न छाडिएको छ।

मागल दुलही लिन जा“दा र भित्र्याउ“दा गाईने विशेष भाका हो। दमाई जातीमा हुने हुड्केले हुड्का बजाएर नाच्ने नाचलाई हुड्का भन्ने गरिन्छ। पहिले–पहिले विवाह, ब्रतबन्ध र अन्य खुसीयालीमा ऐतिहासिक र पौराणिक वीर पुरुषहरुको गाथा गाएर हुड्का ना“च्ने गरिन्थ्यो।

जानकारका अनुसार अहिले कर्णाली तथा सुदुरपश्चिममा मागल र हुड्के विरलै नचाएको पाइन्छ।

दैलेख, जाजरकोट र रुकुममा कुनैबेला गर्रा, मयू“र र पैंजेरी नाचले प्रख्यात थियो। कम्तीमा ७ जनाको समूहमा नाचिने यी नाचहरु आजभोलि दिनप्रतिदिन हराउदैछन्। संस्कृति संरक्षण समितिका संयोजक भण्डारीले नृत्यहरुको बारेमा चिन्ता मान्दै भने, ‘दुई–चार जना कलाका पारखीहरुले मात्र चासो दिनुपर्ने अवस्थाले कति दिन संरक्षण होला।’ मञ्च जिल्लामै लोपोन्मुख कला–संस्कृतिको संरक्षणका लागि दुल्लूका स्थानीय कलापारखीहरुले बेलाबेलामा कार्यक्रम आयोजना गरेर विभिन्न लोपोन्मुख नृत्यहरु देखाउने गर्दछन्।

स्थानीय सरकारले ग्रामीण क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि प्रचलित पुराना नृत्यहरुको संरक्षणतर्फ चासो दिएन। कला संस्कृतिबारे जानकार विशाल सुनारले भने, ‘आधुनिकताले कला–संस्कृति जर्गेनातर्फ कसैको ध्यान पुग्न सकेको छैन।’

प्रकाशित: १० मंसिर २०७८ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App