२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा माहुरीको टोकाइबाट दर्जन घाइते

माहुरीको टोकाइबाट रौतहटमा एक दर्जन मानिस घाइते भएका छन्। घाइते हुनेमा महिला र बालबालिका पनि छन्। 

रौतहटको कटहरिया नगरपालिका ५ स्थित कटहरिया बजारमा सोमवार माहुरीको टोकाइबाट राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवशंकर साह, पारस साहसहित एक जना महिला र तीन बालबालिका घाइते भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। 

घाइते सबैको कटहरियास्थित प्राथमिक स्वास्थ्य केन्द्र र केहीको निजी क्लिनिकमा उपचार गरिएको इप्रका कटहरियाका प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन्। एउटा रुखमा रहेको माहुरीका घारमा चरो ठोक्किएर आक्रोशित भएको घारका सबै माहुरी आसपासका मानिसलाई टोक्न थालेका थिए। माहुरीले टोक्न थालेपछि भागाभाग भएको थियो। कैयौँ माहुरी एकै जनामाथि आक्रमण गरेको पनि देखिएको थियो।

माहुरीले टोकेर घाइते भएका राकेश गिरीका अनुसार निकै बेरसम्म माहुरीले आतंक मच्चाएको थियो। चारैतिर धुँवा बालेपछि धेरै बेरमा माहुरी विस्तारै नियन्त्रणमा आएको गिरीको भनाइ छ। 

प्रकाशित: ६ मंसिर २०७८ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App