२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाईकलको ठक्करले बृद्धाको निधन

उदयपुरमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धा पैदलयात्रीको ज्यान गएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत जिल्लाको बेलका नगरपालिका ५ जहडामा शनिबार साँझ मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीया इच्छाकुमारी राईको निधन भएको हो।

साँझ ६ः०० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आइरहेको को ३४ प २०३७ नं. को मोटरसाईकलको ठक्करले पैदल यात्रामा रहेकी बृद्धा गम्भीर घाइते भएकी थिइन्। घाइते राईलाई स्थानीय स्वास्थ्यसंस्थामा प्राथमिक उपचारपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा राति निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाईकल चालक सप्तरीको सप्तकोसी नगरपालिका १ का ३५ वर्षीय आलोक राई पनि घाइते भएका छन्। उनको पनि धरानमै उपचार भइरहेको छ भने मोटरसाईकल प्रहरी चौकी लालपत्ताको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ५ मंसिर २०७८ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App