१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

मेयरज्यू, भक्तपुरमा खै सांस्कृतिक गतिविधि?

सांस्कृतिक गुरुहरुले सांस्कृतिक महोत्सव सञ्चालन गरी सबै सांस्कृतिक गतिविधिको प्रदर्शनीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

साथै, लोपोन्मुख अवस्थामा रहेको नाय खिँ बाजा, लाला खिं र म्हालीं बाजा (विभिन्न प्रकारका बाजाहरु) को संरक्षण तथा प्रतियोगिता गर्नु आवश्यक रहेको बताए।

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका विभिन्न विधाका सांस्कृतिक गुरुहरुको भेलामा बोल्दै उनीहरुले, दाफा भजनप्रति नयाँ पुस्ताको आकर्षण बढाउन यसको प्रतियोगिता आयोजना गर्नु उचित हुने सल्लाह दिए।

अन्तरनगर वाद्यवादन प्रतियोगिता आयोजना गर्नुपर्ने भन्दै उनीहरुले प्रतियोगिताको लागि माघ वा फागुन महिना उपयुक्त समय भएकोलगायतका राय–सुझाव प्रस्तुत गरे।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यसको उत्थानको लागि सांस्कृतिक गुरुहरुको भूमिका र योगदान उल्लेखनीय भएको बताए।

नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि निर्वाचन घोषणापत्रअनुसार नगरपालिकाले २०७४ सालमा बाँसुरी बाजा, २०७५ सालमा धाँ बाजा र २०७६ सालमा धिमाय बाजा प्रतियोगिता आयोजना गरेको र २०७७ सालमा कोभिडका कारण प्रतियोगिता गर्न नसकेको अवगत गराए।

यसवर्ष सांस्कृतिक  प्रतियोगिता आयोजना गर्ने उद्देश्यअनुरुप सांस्कृतिक गुरुहरुको राय—सुझावलाई प्राथमिकतामा राखी सांस्कृतिक गुरुहरुको भेला आयोजना गरेको उनले बताए।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुरबासी जनताको साथ र सहयोग पाएर नगरपालिकाले आफ्ना हरेक गतिविधिलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेको बताउँदै सांस्कृतिक गुरुहरु समाजका प्रतिष्ठित व्यक्तिहरु भएको प्रष्ट पारे।

प्रकाशित: २ मंसिर २०७८ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App