९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कार दुर्घटनामा ज्यान गुमाएका चारै जना भारतीय नागरिक

रौतहटमा गए राति कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ। गौर-चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडकखण्ड अन्तर्गत पर्ने  यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घना हुँदा चारजना भारतीय नगरिकको ज्यान गएको हो।  

राति १०ः१५ बजेको समयमा गौरतर्फ तीब्र गतिमा आउँदै गरेको युके १२ सि २९०० नम्वरको भारतीय नम्बरकाे स्वीफ्ट कार झुन्खुवा चौकदेखी उत्तरपटी रहेको पेट्रोल पम्प नजिक अनियन्त्रीत भएर दुर्घटना हुँदा कार सडक पेटी भन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको थियो।

कार चालकले मदिरा सेवन गरेर अत्याधिक गतिमा चलाइरहेका कारण अनियन्त्रित भएर दुर्घटना भई गहिरो पानीमा डुबेको प्रहरीले बताए। डिउटीमा रहेका प्रहरीले कार दुर्घटना भएको थाहा पाए लगतै उद्धारका लागि गएका थिए। उनीहरूलाई कारको अगाडीको सिसा फुटाएर निकाल्दा चारै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए।  

बमर दुर्घटनामा ज्यान गुमाएका चारै जना भारतीय नगरिकको खल्तिबाट आइडी कार्ड बरामद भएको छ। भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतोकाे सनाखत भएको एसपी घिमिरेले बताए। उनीहरुको यथार्थ पहिचानको लागि भारतीय प्रहरीलाई तस्बिरसहितको म्यासेज पत्राचार गरेपछि आइतबार विहान उनीहरुको परिवार प्रहरी सम्पर्कमा आएपछि सनाखत भएको थियाे।

दुर्घटनामा ज्यान गुमाएका दिनानथ साहले रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ४ स्थित नरेश साह भिनाजुको घरमा छठको प्रसाद पुर्याउन आएका थिए। दिनानाथ सँगै अन्य तिनजना सहयोगी साथीहरु नेपाल घुम्न आएका थिए। 

उनीहरू गौर भन्सार कार्यालमा गाडीको भन्सार काटेर करिब ३५ किलोमिटर उत्तर देवाही गोनाही गाउँपालीका दिदि भिनाजुको घरमा छठ पुजाको प्रसाद पुर्याउने गएका थिए। बाटो मै चारै जनाले अत्यधिक मात्रामा रकसी सेवन गरेकाले भिनाजु राम नरेशले आज घरमै बस्नु मातिएको तालमा नजानु भनेर पटक पटक सम्झाउँदा पनि नमानेको जबरजस्ति रातिको समयमा घरबाट निस्केपछि यस्तो दुखद घटना भएको भिनाजु राम नरेशले नागरिक न्युजलाई बताए। 

दुर्घटनाग्रत भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालेका छन्। शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। शव परीक्षण पश्चात परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७८ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App