प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ। ७ सय ८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा १६, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, बेलबारीमा २, उर्लाबारी, सुनबर्षी, मिक्लाजुङ, केराबारी र रतुवामाईमा १–१ जनामा संक्रमण देखिएको छ। झापाको विर्तामोड र दमकमा ४–४, अर्जुनधारा, बुद्धशान्ति, बाहृदशी, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।
सुनसरीको इनरुवामा ३, इटहरीमा २, दुहवी, देवानगञ्ज, हरिनगर र धरानमा १–१, उदयपुरको कटारी, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा सोमबार ३७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १९ महिला र १८ पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०७८ १२:४७ सोमबार