२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ५ लाख बढी क्षति

लक्ष्मी पूजा गर्ने क्रममा नेपालगन्जमा आगलागी भएको छ। नेपालगन्ज–१ धम्बोझीस्थित शिव मन्दिर नजिक रहेको चन्दा काँदुको घरमा आगलागी भएको हो।

उनको एक तले पक्की घरमा आगलागी हुँदा करिव एक लाख जति नगद र पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

काँदुको घरमा डेरा गरी बस्ने आदित्य वर्नवालले लक्ष्मी पूजा गर्न बालेको दियोबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्याम अधिकारीले नागरिकलाई जानकारी दिए। उनले भने, ‘लक्ष्मी पूजा गर्ने क्रममा आगलागी भएपछि तत्कालै दमकल र प्रहरी पुगेर आगो निभाउने काम भयो।’

उनका अनुसार बिहीबार राती करिव साढे ९ बजेतिर आगो लागेपछि तत्काल घटनास्थल पुगेर करिव ३५ जना प्रहरी परिचालन भएर आगो नियन्त्रणमा लिइएको थियो। नेपालगन्ज उपमहानगरपालिकाको दमकल, जिप्रका बाँकेको वाटर क्यानन भेइकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट करिव ५ लाख बढीको क्षति भएको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७८ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App