५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

भक्तपुरको विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन्। हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाेँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पा (विभिन्न प्रकारका ईंटाहरु) ले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका हुन्।

पुरातात्विक भवनका अवशेषहरु भेटिएपछि त्यहाँ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। सोही क्रममा प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रअ सर्जनी जोशीसँग भेट गरी भक्तपुर नपाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताए। त्यसकारण हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि उनले आग्रह गरे।

प्रकाशित: ११ कार्तिक २०७८ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App