८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

मानव बेचबिखनको आरोपमा पोखराबाट दुईजना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर–१७ बिरौटाका ४२ वर्षिय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका–१ कोल्बी बस्ने २६ वर्षिय ऋषि भट्टलाई पक्राउ गरेको हो।

पक्राउ परेका तामाङ र भट्टले पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा काममा लगाई दिन्छु भन्दै दुई महिलामाथि यौन शोषण गरेको प्रहरीको आरोप छ। प्रहरीका अनुसार उनीहरुले जागिर लगाईदिने प्रलोभनमा पारी ललाईफकाई तथा डर त्रास देखाई यौन शोषण गर्दै आएका थिए। प्रहरीले पीडित महिलाको उद्धार गरि मनोचिकित्सकसँग मनोपरामर्श गरेर आफन्तको जिम्मा लगाएको छ।

पक्राउ परेका तामाङ र भट्टमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरि अनुसन्धान जारी राखिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रकाशित: ९ कार्तिक २०७८ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App