१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

थप ५४५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६ हजार ५ सय ८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ रहेको छ। सोहीक्रममा ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ भने ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ४ कार्तिक २०७८ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App