४ वैशाख २०८१ मंगलबार
समाज

थप १ हजार ९६ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार १ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

सोही क्रममा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ।

यस्तै, १ हजार ४ जनाले कोरोना भाइरसलाई जितेका छन्।

प्रकाशित: २ कार्तिक २०७८ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App