coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राप्तीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार

राप्ती नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ का चार जना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वन करेली टिप्न भनि गएका बेला फसेका थिए ।  

स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज (मंगलबार) बिहान ८ बजेर ४० मिनेटमा सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।  

उनका अनुसार राप्ती नदीमा फसेका डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी ५५ वर्षका सोखत नाउ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ६० बर्षीय नाजिर खाँको उद्धार गरिएको हो।  

नदीमा फसेका अन्य ३ जनाले भने सोमबार राती पौडी खेलेर नदी तर्न सफल भएका थिए। अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापन अनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको सूचना व्यवस्थापनअधिकृत ज्ञवालीले बताए। 

प्रकाशित: २ कार्तिक २०७८ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App