coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरायसी विवादमा श्रीमानले लात हान्दा बाटुलीको मृत्यु

घरायसी विवादको क्रममा श्रीमानले लात हान्दा ६१ वर्षीया बाटुली तामाङको मृत्यु भएको छ। रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्ले स्थित डाँडाटोलमा स्थित घरमा विवाद हुँदा आइतबार बिहान साढे ११ बजे ७६ वर्षीय बुधे तामाङले बाटुलीलाई लात हानेका थिए। श्रीमानले लात हानेपछि बाटुली आँगनमा बजारिएर गम्भीर घाइते भएकी थिइन्।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट पाँच जनाको टोली खटिएर बाटुलीको घर पुगेको थियो। घाइते भएकी बाटुलीलाई एम्बुलेन्समा हालेर त्रिशूली अस्पताल पु¥याइएकोमा परीक्षण पश्चात चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापश्चात बाटुलीको श्रीमानलाई प्रक्राउ गरिएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।

प्रकाशित: ३१ आश्विन २०७८ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App