१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थप ७६० जनामा कोरोना संक्रमण, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ र ५ हजार ८६३ एन्टिजेन परीक्षणमा १२४ गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही क्रममा ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ।

यस्तै, देशभर आइसोलेसनमा १५ हजार ३४० संक्रमित छन् भने २३६ जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: २३ आश्विन २०७८ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App