१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरको रानीपोखरी सर्वसाधारणको लागि खुल्ला गरिने

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरीको उत्तरपूर्व प्रवेशद्वार र पाटी निर्माण कार्यको बिहीबार एक समारोहबीच शिलान्यास गरियो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिलान्यास गरेका हुन्। कार्यक्रममा नगर प्रमुख प्रजापतिले सन् १६८६ मा राजा जगज्योर्ति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरीको पुननिर्माणसँंगै  सिंगो भक्तपुरको सुन्दरता अझ बढाएको बताए। पोखरी निर्माण कार्य अहिले अन्तिम चरणमा छ। पोखरी निर्माणसँंगै अहिले त्यसको प्रवेशद्वार र पोखरी नजिक रहेका पाटीहरुको पुननिर्माण कार्य हुन थालेको हो।  

नपाले भूकम्पबाट भत्केका १०८ वटाभन्दा बढी सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गरिसकेको बताउँदै ऐतिहासिक रानी पोखरीले पुनःनिर्माणसँगै इतिहास खोतल्ने काम भएको उनले बताए। लामो इतिहास बोकेको यस पोखरी मौलिक शैलीमा निर्माण गरिएको अवगत गराउँदै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई कला संस्कृतिको मात्र नभई सुन्दर नगरको रुपमा विकास गर्ने उद्देश्य रहेको बताए।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले रानीपोखरी पुनःनिर्माण सकिएपश्चात यथाशिघ्र सर्वसाधारणको लागि खुल्ला गरिने जनाउँदै पोखरी वरिपरि हरियाली कायम गर्न बगैंचा बनाउने योजनामा रहेको बताए। 

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदाहरु मौलिक स्वरुपमा पुनःनिर्माण गर्ने कार्यमा भक्तपुर नपाले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै भक्तपुरको रानीपोखरीको पुनःनिर्माणले गौरवान्वित महसुस भएको जनाए।शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष पुन्यराम गारु, कोषाध्यक्ष सुमित्रा धोँजु र स्थानीय कृष्ण गारुले पनि आआफनो धारणा राखेका थिए।

प्रकाशित: २१ आश्विन २०७८ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App